नेपाली कांग्रेसले प्रदेश नम्बर २ को संसदमा आफ्नो दलको नेता चुनेको छ।
कांग्रेसले रामसरोज यादवलाई प्रदेश नम्बर २को संसदीय दलको नेता चुनेको कांग्रेस नेता विमलेन्द्र निधिले जनाएका छन्। उनले ट्वीटर मार्फत यो जानकारी दिएका हुन्।
कांग्रेसले केन्द्रीय नेतालाई संसदीय दलको नेता चुन्नका लागि ७ प्रदेशमा खटाएको छ। निधिले प्रदेश नम्बर २ को संसदीय दलको नेता चुन्ने लगायतका कामको जिम्मा पाएका छन्। आफ्नै रोहबरमा प्रदेश संसदीय दलको नेता चुनिएको उनले जानकारी गराएका हुन्।
'केन्द्रीय प्रतिनिधिको हैसियतले मेरो रोहवरमा आज जनकपुरमा बसेको नेपाली कांग्रेस २ नम्बर प्रदेशको संसदीय दलको बैठकले रामसरोज यादवलाई दलको नेता पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ,' उनले लेखेका छन्।
यादव धनुषा कांग्रेसका जिल्ला सभापति हुन्।