नेकपा(माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको टिप्प्पणी गरेका छन्।
शुक्रबार बिहान सामाजिक संजाल ट्वीटरमार्फत उनले विदेश मन्त्री स्वराजको भ्रमणबारे सो टिप्पणी गरेका हुन्। ‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकूल छैन्,ट्वीटरमार्फत उनले भनेका छन्,‘तर उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’
वरिष्ठ नेता श्रेष्ठले भनेका छन् ‘हामीले आफ्नो प्रतिष्ठा कायम गरी राष्ट्रिय स्वार्थमा केन्द्रीत हुनुपर्छ।’