नेपाली कांग्रेसले सातै प्रदेशसभामा संसदीय दलको नेता चयन लगायत अन्य कामको सहजिकरण गर्न केन्द्रीय नेताहरुलाई तत्कालै खटाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रदेश नम्बर १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाण, प्रदेश ६मा हृदयराम थामी र प्रदेश ७ मा एनपी साउदलाई पठाउने कांग्रेसले निर्णय गरेको हो।
त्यस्तै प्रदेशसभामा आफ्नो संसदीय दलको नेता चुन्ने र दल सञ्चालनको विधि मस्यौदा गर्न नेता मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। उक्त समितिमा केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल र सुचना अधिकारि केशव रिजाल छन्।
प्रदेश सभाको सदस्यलाई संसदीय अभ्यासको अभिमुखिकरण कार्यक्रम हरु पार्टीले सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।