रूकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सरकारले पूर्वी रूकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय गरेको थियो।
उक्त निर्णय विरुद्ध अधिवक्ता गणेश हमालले सर्वोच्च अदालतमा रिट दिएका थिए।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले हमालको रिट जारी गर्दै पूर्वी रुकुमको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको सर्वोच्च अदालतले जनाएको छ।
सदरमुकाम सार्ने सरकारको निर्णयपछी रुकुमकोटमा सर्वसाधारणले आन्दोलन गरिरहेका छन्।