प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरूलाई आग्रह गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार गठन भएकाले त्यस अघि सरकार नछाड्ने बताएका हुन्।
उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी भएकाले त्यस अघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसँग अध्ययन गर्न आग्रह गरे।
प्रधानमन्त्री देउवाले समयानुकुल, परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता पनि जाहेर गरे।