प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ।
प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिए। विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ ।