राष्ट्रिय सभा निर्बाचनमा राष्ट्रियसभा सदस्यका लागि ५ नं. प्रदेशबाट अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेद्वारी दिएका माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुँवरका विरुद्ध उजुरी परेको छ।
सोही कोटामा नेपाली कांग्रेसबाट उमेद्वारी दिएका लुटबहादुर खत्रीले दाबी विरोध उजुरी दर्ता गराएका हुन्।
खत्रीले कुवर यसअघि प्रदेशसभा निर्बाचनको समानुपातिक तर्फ बन्द सुचीमा नाम समावेश गरेको हुँदा निर्बाचन नियमावली अनुसार उमेद्वार बन्न अयोग्य रहेको दाबीसहित उमेद्वारी खारेजीको माग गरेका गरेका छन्।
शुक्रवार ५ नं. प्रदेश निर्बाचन कार्यालय दाङमा आएर खत्रीले उक्त उजुरी दर्ता गराएको निर्बाचन अधिकृत हेमन्त रावलले सेतोपाटीलाई बताए।
उक्त उजुरी माथि निर्बाचन कार्यालयले आज (शनिवार) माघ ५ बजेसम्म जाँचबुझ गर्ने र अन्तिम निर्णय सार्वजनिक गर्ने निर्वाचन अधिकृत रावलले बताए। पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ८ सदस्यका लागि ११ जनाको
उमेद्बारी परेको छ।