जापानले नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करीब ३२ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
बिहिबार अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाबीच नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करीब ३२ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपाललाई खाद्यमा आत्मनिर्भर बनाउन जापानले आर्थिक सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए।
नेपालका लागि जापानका राजदूत ओगावाले बाढी र डुबानबाट पीडित नेपाली जनतालाई खाद्य अभाव हुन नदिन आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिए।
समझदारी पत्रमा जापानले नेपालको खाद्यान्न अभाव भएको जिल्लामा आवश्यक सहयोग गर्दै लैजाने प्रतिबद्धता पनि जनाएको छ।
https://youtu.be/oiQFYTmzH9U