विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारको तेस्रो मुद्दामा पनि दोषी ठहर भएका छन्।
बुधबार झारखण्डको राँचीस्थित सिबिआई अदालतले चारो घोटालामा अर्का पूर्वमुख्यमन्त्री जगनाथ मिश्र र यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।
दुबै जनालाई पाँच/पाँच लाख भारु जरिवाना तिराउने पनि फैसला गरेको छ।
विहारबाट झारखण्ड छुट्टिनुअगावै १९९४ देखि १९९६ सम्ममा देउघर कोषबाट ८४.५ लाख भारु पैसा नियमविपरित निकालेको मुद्दामा अदालतले आज फैसला सुनाएको हो।
यो घटनामा ७६ जनाविरुद्द मुद्दा चलेको थियो।
लालु अहिले राँचीस्थित बिर्सामुन्डा केन्द्रीय कारागारमा छन्।
उनी सन् १९९० को दशकमा भएका अन्य दुई चारो घोटालामा दोषी पाइएपछि जेल परेका हुन्। उनलाई साढे तीन वर्ष जेल सजाय तोकिएको थियो।
लालुको राष्ट्रिय जनता दलले अदालतको फैसलाविरुद्द उच्च अदालत जाने बताएको छ।