निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने जनप्रतिनिधिलाई मतदान सिकाउन दलहरूलाई आग्रह गरेको छ।
निर्वाचन आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा दलहरूलाई नै एकल संक्रमणीय निर्वाचन प्रणाली सिकाउन आग्रह गरेको हो।
‘राम्रोसँग सिकेर जानुहोस् र आफ्ना उम्मेदवार तथा मतदातालाई पनि सही तरिकाले मत सङ्केत गर्न सिकाउनुहोस्’, प्रमुख आयुक्त अयोधीप्रसाद यादवले दलहरूलाई आग्रह गरेर भने, ‘हामीले ठूला नदी पार गरेका छौं तर अब अन्तिम चरणमा लड्ने कार्य राम्रो हुँदैन, तसर्थ उच्चस्तरको तयारी हामी सबैबाट हुनुपर्छ।’
आयोगले राष्ट्रिय सभा निर्वाचनमा दुई फरक-फरक रङको चारथरी मतपत्र प्रयोग गर्दैछ।
आगामी २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। जसका लागि भोलि (बुधबार) मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
राष्ट्रिय सभा निर्वाचन सातै प्रदेशमा हुँदैछ। निर्वाचनमा २ हजार ५६ मतदाता सहभागी हुँदैछ।