नेपाली कांग्रेसले प्रदेश नम्बर ४,५, ६ र ७ मा राष्ट्रिय सभाका ४/४ उम्मेदवारको टुंगो लगाएको छ।
राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ।
बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश ६ बाट कालिकोटका विष्णुबहादुर शाही (खुला), जुम्लाका सूर्यदेवी मल्ल (महिला), सल्यानका सिताराम विके (दलित) र गोपालप्रसाद शर्मा (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन् भने प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा(महिला), माइकुलाल बाल्मिकी(दलित) र लुटबहादुर खत्री(अपांग) बाट उम्मेदवार बन्ने भएका छन्।
यसअघि कांग्रेसले प्रदेश ७ र ४ का उम्मेदवार टुंग्याएको थियो।
प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्। त्यस्तै प्रदेश ७बाट बद्री पाण्डे, तारा भट्ट (महिला), शेरी राम पार्की (दलित), र छत्रराज जोशी (अपाङ्ग) लाई राष्ट्रियसभाका उम्मेदवार बनाउने पक्का भएको पनि नेता खाणले जानकारी दिए।
राष्ट्रिय सभा चुनाव माघ २४ गते हुँदैछ। भोलि (माघ१०) उम्मेदवारी दर्ता गर्नु पर्नेछ।