शुक्रबार सातै प्रदेशका प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।
प्रदेश प्रमुखमा प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल रहेका छन्।
संविधानले केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिनु पर्ने व्यवस्था गरेको छ।
प्रदेश प्रमुखको सपथसँगै प्रदेश सभा सदस्यको सपथ र प्रदेश सरकार गठनको प्रक्रियाले गति लिनेछ।