राष्ट्रपति निवास शीतल निवासमा प्रदेश प्रमुखहरुको शपथ समारोहमा निजी सञ्चार माध्यममा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न नदिए पछि आक्रोशित भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूलाई प्रवेश दिए पनि शपथ ग्रहण स्थलसम्म जान दिएको थिएन।
आफूहरूलाई राष्ट्रपति कार्यालयमा अपमानपूर्ण व्यवहार गरेको भन्दै एक निजी मिडियाका फोटो पत्रकारले फोटो खिच्न नदिने थियो भने किन भित्र छिराउनू? भन्दै आक्रोश पोखेका छन्।
सरकारी सञ्चारमाध्यमबाहेक अरू कोही पनि पत्रकारलाई फोटो खिच्न प्रतिबन्ध लगाइएका थियो।