निर्वाचन आयोगले प्रदेशका समानुपातिक सांसदलाई शुक्रबार प्रमाणपत्र वितरण गर्ने भएको छ।
मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका निर्वाचित समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र वितरण गर्ने भएको हो।
प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।
२२० जना प्रदेशका समानुपातिक सांसदले प्रमाणपत्र पाउनेछन्।
संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ। प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।