प्रदेश राजधानी माग्दै भोलि (बुधबार) देखि अनिश्चितकालीन रूपमा दाङ बन्दको आह्वान गरिएको छ।
दाङ नै ५ नं. पद्रेशको राजधानी हुनुपर्ने माग गर्दै बुधबारदेखि आमहड्तालको आह्वान गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए।
घोराहीमा मंगलबार बसेको प्रादेशिक राजधानी सरोकार समितिको बैठकले बुधबार बिहानदेखि आमहड्ताल आह्वान गरिएको बताए।
‘यातायात,पसल,उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत दाङ सडकखण्डको पूर्व पश्चिम राजमार्ग सबै ठप्प पार्ने निर्णय भएको छ,’ प्रियासनले भने।
दलका नेता र तिनका उम्मेदवारले यसअघि गरेका वाचाहरू पूरा गर्नुपर्ने र दाङका विरुद्ध षडयन्त्र गर्न कसैले नपाउने उनले बताए। चुनावमा भोट माग्ने साधन राजधानी बनाएका शीर्ष नेताहरू अहिले चुप लागेको भन्दै बैठकले बुधबारदेखि आमहड्ताल आह्वान गरेको जानकारी दिए।