राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन्।
उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरेका हुन्।
अध्यक्ष राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गरे।यसैगरी समितिका मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभएमा आन्दोलन गरिने चेतावनी दिए।
विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा विराट राजवंशीको करिब ५५ हजार जनसंख्या छ।