निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको हस्ताक्षरको नमूना पेश गर्न अनुरोध गरेको छ।
आयोगले एक सूचना प्रकाशित गरी दलहरूले माघ ३ गतेभित्र सो हस्ताक्षरको नमूना पेश गर्नुपर्ने बताएको हो।
आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न अनुरोध गरेको हो।
राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने छ ।
माघ २४ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ। सो निर्वाचनमा भाग लिन २१ दल दर्ता भएका छन् ।