प्रधानमन्त्री शेरबहादुर देउवाले अबको केही दिनभित्रै प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने बताएका छन्।
कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटनमा सहभागी भएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘ सबै दलहरूको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न खोज्दा सहमति जुटेन,अबको केही दिनभित्रै आफैँ तोक्छु।’
सो कार्यक्रममा उनले वाम गठबन्धनको तर्फबाट को प्रधानमन्त्री?बन्ने टुंगो लागे आफूले पद छोड्ने बताए।
उनले अहिले सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपनि पछि प्रदेश सभाले त्यसको परिवर्तन गर्न सक्ने अधिकार रहेको बताए।
प्रधानमन्त्री देउवा आइतबार काठमाडौं फर्किदै छन्।