पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अदालतको मानहानीको मुद्दा खेपिरहेका डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा आज मध्याह्न १२ बजे भेला हुन आह्वान गरेका छन्।
नयाँ शक्ति पार्टीको राजनीतिक सामाजिक अभियान परिचालन समितिले डाक्टर केसीका मागप्रति ऐक्यवद्धता जनाउन धर्ना कार्यक्रम आयोजना गरेको हो।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, 'आज मध्याह्न १२ बजे माइतीघर मण्डला जाऔं है! डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाऔं, उहाँको रिहाइका लागि जनदबाब सिर्जना गरौं, लोकतन्त्रको समृद्धिकरणका लागि अदालतलाई साँच्चै न्यायालय बनाउन एकजुट हौं !'
https://twitter.com/brb1954/status/950938497749155842