नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डाक्टर गोविन्द केसीको अनसनलाई नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य गरेका छन्।
बुधबार निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘सरकार, संसद र अदालत- तीन वटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ। 'आइ एम द स्टेट' होइन र यो? नानीमैयाँको पुलिंग अवतार र भक्तहरु...’
https://twitter.com/BimalendraNidhi/status/950902768608276480
यसका साथै उनले ट्वीटरमा लेखेका छन् ‘अदालतको अवहेलना र अनसन दुवै फेशन हुन लागेको छ’, उनले थपेका छन्, 'नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ ख्वै?'
https://twitter.com/BimalendraNidhi/status/950900012254298112