नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित एकता संयोजन समितिको बैठक सुरू भएको छ।
निर्वाचनपछि पहिलोपटक संयोजन समितिको बैठक बसेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो। बैठकमा माओवादीका तीन र एमालेका पाँच नेता सहभागी छन्। एमालेबाट माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेल बैठकमा सहभागी छन्।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी छन्। तीन बजे बैठक सुरू हुने भनिएपनि नेताहरू चार बजे मात्र बालकोट पुगेका हुन्।
बैठकमा एकता प्रक्रिया सहजीकरणका कार्यदल गठन गर्ने विषयमा छलफल हुनेछ। त्यसअघि सोमबार एमालेको स्थायी समिति बैठक बसेको थियो भने माओवादी केन्द्रका नेताहरूले पनि आन्तरिक छलफल गरेक थिए।