श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधान बनाएका नेताहरूले नै आज संविधान नबुझेको जस्तो नाटक गर्दै आएको बताएका छन्।
मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा आयोजित माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धनभित्रका नेताहरूको अभिव्यक्तिले आफू आश्चर्यमा परेको बताए। ‘म वाम गठबन्धनका नेताहरूको कुरा सुन्दा आफू आश्चर्यमा पर्ने गरेको छु,’ राज्य मन्त्री चौधरीले भने। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालते तत्काल सत्ता छोड्दा संवैधानिक संकट उत्पन्न हुनसक्ने र संविधान कार्यान्वयमा जटिला उत्पन्न हुने उनले दाबी गरे।
नेपाली कांग्रेसका नेता समेत रहेका श्रम राज्यमन्त्री चौधरीले कांग्रेस जनमतको सम्मान गर्ने पार्टी भएको उल्लेख गर्दै राष्ट्रिय सभाको निर्वाचनपछि एकैछिन पनि कांग्रेस सरकारमा टाँसिन नचाहेको दाबी गरे। उनले राष्ट्रियसभाको निर्वाचनपछि विधि र प्रक्रिया पूरा गरी तत्काल सरकार छोड्ने बताए। संविधान बनाएर पनि संविधान नपढेको जस्तो गर्ने र नबुझेको जस्तो नाटक गर्नेहरूले सस्तो लोकप्रियताको लागि सरकार र कांग्रेसलाई अनावश्यक आरोप लगाउँदै आएको उनको दाबी थियो ।
दाङ प्रदेश राजधानीप्रदेशसभा सदस्य समेत रहेका चौधरीले दाङलाई प्रदेश राजधानी बनाउन कांग्रेसले कुनै कसुर बाँकी नराख्ने बताएका छन्। दाङ थारुहरूको प्राचिन राज्य भएको हुँदा यसलाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री तथा पार्टी सभापति निकै सकारात्मक रहेको उनले बताए।
सबै तयारी पूरा भएपनि कांग्रेस लोकतान्त्रिक पार्टी हुनुको नाताले एक पटक सबै दलहरूसँग छलफल गरेर राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको उनले बताए। ‘सरकार राजधानी घोषणापछि विवाद उत्पन्न नहोस् भन्ने चाहान्छ र त्यसैले सबै दलहरूसँग सहमति खोजिएको हो,’ चौधरीले भने ‘ढुक्क हुनुहोस्, दाङ नै प्रदेश राजधानी हुनेछ।’
संस्कृतिको संरक्षणमा सबै लागौंयसैबीच, श्रम राज्यमन्त्री चौधरीले विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धनले मात्रै राष्ट्रिय एकता मजबुत हुने बताएका छन्। ‘विकास भनेको पुल र बाटो बनाउनु मात्रै हैन, आफ्नो संस्कृति बचाउनु र अरुको संस्कृतिको सम्मान गर्नुपनि गर्ने संस्कृतिको विकास गर्नुपनि विकास नै हो,’ चौधरीले भने। उनले थारुहरूको महानपर्व माघीलाई नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउन आग्रह गर्दै आफ्नो मौलिक कला र संस्कृतिको जगेर्नामा लाग्न आग्रह गरेका थिए ।