सरकारले फेरिपनि सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगको म्याद थप गर्ने निर्णय गरेको छ।
यी दुवै आयोगको म्याद माघ २६ गते सम्मलाई थियो। यसअघी सरकारले एकवर्षका लागि आयोगको म्याद थप गरेको थियो। यसपाली सरकारले अध्यादेश मार्फत आयोगको म्याद थप गर्न लागेको हो।
आयोगको म्याद २ वर्षको हुने र त्यो समयमा पनि काम नसकेमा १ वर्ष थप गर्न सकिने ऐनमा उल्लेख थियो। थप गरिएको एकवर्षमा पनि आयोगले काम नसकेपछी ऐननै संसोधन गर्न लागिएको वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए।
‘आयोग ऐनमा एकपटकमात्र म्याद थप गर्न सकिने उल्लेख छ तर अर्कोपटक पनि म्याद थप गर्नुपरेपछि ऐन संसोधननै गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ऐन संसोधन गर्ने अवस्था नभएकोले अध्यादेश मार्फत म्याद थप गर्ने निर्णय भएको हो।’