नेपाली कांग्रसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रवीन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचन खर्च बुझाएका छन् ।
बुधबार उनले १७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन्।
उनले आयोगले तोकेकोभन्दा कम निर्वाचनमा खर्च गरेका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।
उनले बुझाएको निर्वाचन खर्च विवरण अनुसार मतदाता नामावली खरीदमा १ हजार रुपैयाँ, सवारी र घोडामा दुई लाख ७० हजार रुपैयाँ, इन्धन र दानामा ९० हजार रुपैयाँ, प्रचार सामग्रीमा ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यसैगरी, गोष्ठी र कार्यकर्ता परिचालनमा ७ लाख रुपैयाँ, सञ्चारमाध्यमबाट प्रचारप्रसारमा ९० हजार रुपैयाँ, कार्यालय सञ्चालनमा तीन लाख ५० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा १ लाख १० हजार रुपैयाँ र विविध शीर्षकमा ३९ हजार ५ सय रुपैयाँ खर्च गरेको उल्लेख छ ।
उनी ८ सय १८ मतअन्तरले विजयी भएका थिए। उनले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए।