नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य शंकर पोखरेलले जनादेश अनुरुप नेपाली कांग्रेसले तत्काल सत्ता छोड्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्रिय व्यापार संगठन तुलसीपुर दाङले आइतबार बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोखरेलले जनादेशको सम्मान गर्दै तत्काल सत्ता छोड्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै उनले भने ‘देउवाजी, जनादेश आफ्नो पक्षमा नभएको स्वीकार गर्दै तत्काल पदबाट राजिनामा दिनुहोस्, अन्यथा तपाई अप्रजातान्त्रिक र अधिनायकवादी ठहर्नु हुनेछ।’
जनमत अनुरुपको सरकार बन्न नदिने षडयन्त्र नगर्न उनले चेतावनी दिए। ‘यदि देउवाजीले यस्तै पारा कायमै राखेमा त्योसँग कसरी लड्ने त्यो हामीले पनि जानेका छौं’ पोखरेलले भने ।
दुईवर्ष नै नटिक्ने कानूनको पैरवी कांग्रेसले गर्योराष्ट्रपतिको पछिल्लो कदमप्रति कुनै टिप्पणी नरहेको बताएका नेता पोखरेलले देउवा सरकारले दुईवर्ष पछि लागू नहुने कानूनको पैरवी किन गर्यो ? भन्ने प्रश्न गरेका थिए। उनले दलित, अल्पसंख्यक र अपाङ्गका हकमा अहिले नै एकल संक्रमणीय व्यवस्था लागू हुनै नसक्ने दाबी गरे । तर उनले यो व्यवस्था हाल महिला र खुलामा मात्रै लागू हुने बताए। ‘दुईवर्षपछि लागू नै नहुने कुरामा अहिले कांग्रेसले जितको गर्व गर्दैछ, तर, सिस्टम बिगारेकोमा भने उसलाई कुनै चिन्ता छैन,’– एमाले नेता पोखरेलले भने ‘यो मूल्यहिन राजनीति मात्रै हो। सत्तामा टिकी राख्ने देउवाको प्रवृति मात्रै हो।’
त्यसैगरी उनले जनप्रतिनिधिलाई समानुपातिकको प्रमाणपत्र पनि नदिने, सपथ पनि नगराएको भन्दै सरकारको आलोचना गरेका थिए। सपथ नगराई मतदाता नै हुन नपाइने हुँदा उनले अविलम्व यसमा ध्यानदिन सरकारलाई आग्रह गरेका थिए। ‘ सपथ पनि नगराउने, मतदाता पनि नगराउने अनि राष्ट्रियसभा गठनको कुरा गर्न मिल्छ?’,– उनले प्रश्न गर्दै भने ‘ यो सबै जनमत स्वीकार गर्न नसक्ने र प्रधानमन्त्री पदमा टाँसी रहने देउवा प्रवृति हो।’
हालसम्म प्रशासनिक संरचना नै सुरू नगरेको भन्दै उनले सरकारलाई संघीयतालाई लागू नहुँदै विफल बनाउन खोज्या हो? भन्ने प्रश्न गरेका थिए। ‘अस्थायी राजधानी तोक्न र प्रशासनिक नेतृत्व तोक्ने कुरामा सरकालाई कतैबाट अवरोध छैन,’– पोखरेलले भने ‘हामीले छिटो अस्थायी केन्द्र तोक भन्दा प्रदेश प्रमुख पनि तोक्न पाउनुपर्छ भन्नु कति जायज हो?’
निर्वाचन आयोगप्रति असन्तुष्टियसैबीच नेता पोखरेलले निर्वाचन आयोगप्रति पनि असन्तुष्टि पोखेका छन्। उनले चुनावको परिणाम अविलम्व सार्वजनिक गर्न माग गरेका छन्। ‘जे कुराको चुनाव गरेको हो त्यसको रिजल्ट सार्वजनिक गर्नुपर्छ,’– उनले भने ‘क्षमा पनि नमाग्ने अनि रिजल्ट पनि घोषणा नगर्ने षडयन्त्र गर्न मिल्दैन। त्यो स्वीकार्य हुनै सक्दैन।’