दाङको बबई गाउँपालिकाको कार्यालय हापुरे सार्न नहुने माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट निवेदन परेको छ।
बबई गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष, वडा नं. ३ का वडा सदस्य र स्थानीयवासीसहित ३३ जनाले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्। बबई गाउँपालिका, कार्यपालिका, गाउँसभा, कार्यकारी अधिकृत र गाउँपालिका अध्यक्षलाई विपक्षी बनाई रिट निवेदन परेको उच्च अदालतले तुलसीपुरले जानकारी दिएको छ।
उनीहरूले दिएको रिट निवेदनमा बबई गाउँपालिका कार्यालय हंसपुरबाट जबरजस्ती हापुरेमा सारिएको भन्दै त्यो यथास्थानमा पुनर्स्थापना गर्न माग गरिएको छ। उक्त गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष चिन्तामणी शर्मा, ३ का वडा सदस्य मोहनलाल वली र टंकी वलीसहित ३३ जनाले उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गराएका हुन्।
मंगलबार दायर रिट निवेदनमा गाउँपालिकाको केन्द्र हंसपुरबाट हापुरे सार्न नहुने मुख्य माग राखिएको छ। यसैबीच, उच्च अदालत तुलसीपुरले यही पुस १७ गतेलाई उक्त रिट निवेदनको पेसी तोकेको छ ।