नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता सुरू भएको छ।
अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन्।
पार्टी एकता र सरकार गठनबीच ओली र प्रचण्डबीच केही दिनयता संवादहीनताको अवस्था देखा परेको थियो। प्रचण्ड चितवनमा साना तिना कार्यक्रममा अल्झदैँ राजधानी नफर्किएपछि दुई पार्टीको एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन।
दुई नेताबीचको छलफलपछि संयोजन समितिको बैठकको टुङ्गो लाग्नेछ।