माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु चितवनमा अलमलिएर नबसेको बताएका छन्।
कृषि अनुसन्धान केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेरै आफू चितवनमा बसेको बताए।
एमालेसँ पार्टी एकताको प्रकृया अघि बढाउन छोडेर उनी चितवन गएपछि पार्टी एकता नहुने हो की भन्ने संशय बढेका बेला उनले यस्तो बताएका हुन्।
विभिन्न पत्रिकामा प्रकृयाप्रति संशय भएको भन्दै आएका समाचार भ्रममात्र भएको उनले प्रष्ट पारे। अब वामपन्थीहरुको बलियो सरकार बन्ने आश्वासन पनि उनले दिएका छन्।
'अहिले वामपन्थीहरुको बलियो सरकार बन्दै छ। कम्युनिष्टहरुको सरकार बन्दै छ। मिडियामा थुप्रै दुविधाजनक कुरा आएपनि यी सबै भ्रम हुन भनेर म प्रष्ट गर्न चाहन्छु,' उनले भने, 'हुन त आजै एउटापत्रिका पढेँ म धेरै अलमल गरिरहेको छु भन्ने आयो। अरू त म भन्नु छैन तर यहाँ म ओलीजीसँग सल्लाह गरेरै बसेको छु। दुई तीन दिन बसेर आउँदा नै ठीक हुन्छ भनेकाले बसेको छु अलमल गरेको होइन। निर्वाचन आयोगले पनि सबै काम सक्न २/३ दिन लाग्ने भएकाले पनि हो। कोही भ्रममा नपरोस भनेर प्रष्ट गर्न चाहन्छु।'
उनी आजै काठमाडौँ फर्कने र एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्ने कार्यक्रम छ।
https://www.facebook.com/setopati/videos/1707911212612778/