कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिएको छ।
नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा सडक प्रर्दशनी गरी राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब दिन सुरू गरेको हो ।
सरकारले पठाएको अध्यादेश तत्काल प्रमाणीकरण गरेर नयाँ सरकार गठनका लागि निकास दिन राष्ट्रपतिलाई दबाब दिनु परेको नेविसंघका नेता कुन्दनराज काफ्लेले जानकारी दिए। नेपाल विद्यार्थी संघले सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नमिल्ने दाबी समेत गर्दै आएको छ ।
काठमाडौंको प्रर्दशनी मार्गमा गरिएको सडक प्रदर्शनमा नेवि संघका नेता, कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीले सरकारले पठाएको अध्यादेश रोकेर संवैधानिक प्रक्रियालाई अवरुद्ध पार्न खोजेको आरोपसहितको चर्का नाराबाजी गरेका थिए ।