माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डְ’ले पार्टी एकताका कार्य गम्भीरताका साथ अगाडि बढिरहेको बताएका छन्।
आइतबार चितवनमा वाम बुद्धिजिवीहरूले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
‘पार्टी एकता र वाम गठबन्धन के हुन्छ ?भन्ने बारेमा मिडियामा कैयौं कपोकल्पित र भ्रामक समाचारहरू आएका छन् । त्यस्ता भ्रामक समाचारहरूको आधिकारिकता पुष्टी नगरी समाचारहरु सम्प्रेषण नगर्न आग्रह गर्दछु’ कार्यक्रममा बोल्दै उनले भने‘ पार्टी एकताका कार्य गम्भीरताका साथ अगाडि बढिरहेको छ।’
पार्टी एकताको बारेमा आफूले बिहान र हिजोसम्म पनि केपी अोलीसँग छलफल गरेको र अब टुंग्याउने सम्मको कुरा भएको बताए।
एकता बाहेक अन्य कुनै विकल्प नरहेको बताउँदै उनले भने ‘हामीले पुल भत्काएर अगाडि बढेका हौं फेरी फर्किने ठाउँ राखेर अगाडि बढेका हैनौं। मैले र केपी अोलीले पुल बाँकी राख्यौं भने फर्किने खतरा हुन्छ त्यसैले पूरै भत्काइदिउ भनेर एकैचोटी हाम फालेका हौँ।’
‘विभिन्न जटिलताका बाबजुद पनि हामी अगाडि बढिसकेका छौं र त्यो जटिलताका विकल्पहरू पनि खोजिसकेका छौं।’उनले भने ‘पार्टी एकता र गठबन्धनलाई कमजोर पार्ने होइन अगाडि जाने मात्र विकल्प छन् पछि हट्ने विकल्प छैन।’