प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालै सम्पन्न निर्वाचन संसारकै नमूना भएको दाबी गरेका छन्।
मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुराको दाबी गरेका हुन्। एकैपटक दुई अोटा चुनाव संसारमा कतै नभएको उल्लेख गर्दै नेपालमा हालै सम्पन्न भएको निर्वाचन संसारकै नमूना बनेको उनले बताए।
निर्वाचनको समयमा कुनै ठाउँमा छिटफुट घटना भएतापनि शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए।
यादवले चुनाव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरूलाई धन्यवाद दिए।