माअोवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।
बैठकमा निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गरिने बताइएको छ।
पार्टी प्रवक्ता पम्फा भुसालले भनिन् ‘नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्न बैठक डाकिएको हो।’
बैठकमा एमालेसँग पार्टी एकता गर्ने निर्णय भएपनि त्यसको अौपचारिक निर्णय नभएकोले यस विषयमा पनि छलफल हुने बताइएको छ।