भारतका गुजरात र हिमाञ्चलमा हिजो सम्पन्न विधान सभाको चुनावको प्रारम्भिक मत परिणाम आउन थालेको छ। सबैको चासो रहेको भारतीय प्रधानमन्त्रीको गृहराज्य गुजरातमा ५ अौं पटक पनि भारतीय जनता पार्टी विजेपीले नै सरकार बनाउने प्रारम्भिक संकेत देखिएका छ।
विजेपीलाई यसपालि राहुल गान्धी नेतृत्वको कांग्रेस (आई) लाई कडा टक्कर दिए पनि कांग्रेस (आई) को बहुमत पुग्ने संभावना कमजोर रहेको अहिले सम्मको मतगणनाले देखाएको छ।
गुजरात विधान सभाको १८२ सिटमध्ये विजेपी १०० स्थानमा अग्रता लिइरहेको छ भने कांग्रेस (आई)ले ८० स्थानमा अग्रता लिएको छ।
२ स्थानमा अन्य पार्टी उम्मेदवारले अग्रता लिएका छन्। गुजरातमा सरकार बनाउनको लागि गुजरात विधान सभामा ९२ सिट अावश्यक पर्छ।
यसपालि विजेपीबाट गुजरात खोस्ने अाशा लिएको कांग्रेस (आई)लाई भारतको उत्तर पश्चिमी राज्य हिमाञ्चल प्रदेशमा धक्का लाग्न सक्ने अहिले सम्मको मतगणनाले देखाएको छ।
कांग्रेस (आई)ले सरकार बनाएका थोरै राज्यमध्ये हिमाञ्चल प्रदेशमा पनि पर्छ।
प्रारम्भिक मत गणनामा हिमाञ्चल राज्यको विधान सभाका ६८ निर्वाचन क्षेत्रमध्ये ४९ मा विजेपीका उम्मेदवारले अग्रता लिएका छन् भने २६ स्थानाम कांग्रेस (आई)ले र अन्य ३ स्थानमा अरु दलले अग्रता लिएका छन्।
उत्तर प्रदेशमा भएको चुनावमा बहुमत ल्याएको भाजपाले गुजरात र हिमाञ्चल प्रदेशमा पनि जित्ने संकेत देखिएपछि नरेन्द्र मोदी अागामी लोकसभा निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने सम्भावना बढेको विश्लेषकहरूले टिप्पणी गरेका छन्।
भारतमा डेढ वर्षपछि लोकसभाको चुनाव हुँदैछ। ३ दिनअघि मात्र अाफ्नी अामा सोनिया गान्धीबाट नेतृत्व लिएका राहुल गान्धीका लागि गुजरात र हिमाञ्चल प्रदेशको परिणामले थप्नेछन्।
गुजरातमा उनका पार्टीले पछिल्लो चुनावको तुलनामा उनको पार्टीले बढाएको सिटले भने उनलाई केही हौसला दिनेछ।