नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अाफू सत्ताको भोगी नभएको जिकिर गरेका छन्।
राजधानीको अन्नपूर्ण होटलमा आइतबार वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले सो कुराको जिकिर गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘हामी दुवै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन।’
आफूहरूले सजिलै प्रधानमन्त्री पद छोडेको उल्लेख गर्दै उनले भने ‘हामीलाई प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक स्थायित्व, सुशासन र देशको विकास निर्माण हाम्रो चासोको विषय रहेको छ।’
एमाले अध्यक्ष अोलीले पार्टी एकता चाँडै हुने बताउँदै अध्यक्ष को भन्ने विषय निर्क्यौल भइनसकेको बताए।
ओलीले भने, ‘पार्टी एकता चाँडै हुन्छ। अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदै छु। प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ।’
https://www.youtube.com/watch?v=kH2vY7ZrqjQ