समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँचथरमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो दल बनेको छ।
प्रतिनिधि सभातर्फ पाँचथरमा एमालेले २६९३३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १७९३५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले १०१९१ मत प्राप्त गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३७५ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरमले २३८३ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान मञ्चले २३०० मत, राप्रपा प्रजातान्त्रिकले १९८७ मत, जनमुक्ति पार्टीले ६२३ मत, माले र जनसमाजवादी पार्टीले ३८५ मत, राप्रपा राष्ट्रवादीले ४७४ मत, मंगोल नेशनल अर्गनाइजेसनले ३०९ मत, विवेकशील साझा पार्टीले २३४ मत, नयाँ शक्ति पार्टीले १७६ मत प्राप्त गरेका छन् ।
पाँचथरमा संगठन नै नभएका ग्रिन पार्टी नेपालले १०४ मत, नेपाली जनता दलले १४४ मत, आमुल परिवर्तन मसिहा पार्टीले ७८ मत, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २५ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ ४९ ओटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए।
पाँचथरमा समानुपातिक प्रणालीतर्फ ७७९७७ मत झरेकोमा ९१४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, प्रदेश सभा तर्फ एमाले नै पहिलो पार्टी बनेको छ ।
प्रदेश सभामा एमालेले २४१०७ मत, कांग्रेसले १५८५५ मत, माओवादी केन्द्रले १११६३ मत, राप्रपाले ३९६८ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान मञ्च)ले २७०२ मत, संघीय समाजवादी फोरमले २४२६ मत, राप्रपा प्रजातान्त्रिकले २०९० मत, जनमुक्ति पार्टीले ६३४ मत, माले र जनसमाजवादी पार्टीले ३३६ मत, राप्रपा राष्ट्रवादीले ६४४ मत, मंगोल नेशनल अर्गनाइजेसनले ३७५ मत, नयाँ शक्ति पार्टीले २०७ प्राप्त गरेका छन् ।
प्रदेश नं. १ मा २७ राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक तर्फको मतगणना मंगलबार सम्पन्न भएको छ।