कास्कीका प्रतिनिधि सभाका तीनै सिट जितेको एमाले समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ। समानुपातिक तर्फ ८२ हजार ६ सय ५८ मत ल्याएर एमाले पहिलो बनेको हो। उसले कांग्रेसको भन्दा २१ हजार ८ सय ६९ मत बढी ल्याएको हो। कांग्रेसको ६० हजार ७ सय ८९ मत छ।
तेस्रो बनेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको दुरी धेरै नै फरक छ। माओवादी केन्द्रले १३ हजार ८ सय ८१ मत ल्याउन सक्यो। कास्कीबाट विवकेशील साझा पार्टी चौंथो भयो भने राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ति नेपाल क्रमशः पाचौं, छैठौं र सातौं भएका छन् ।
विवकेशीलले ७ हजार ३ सय २७, राप्रपाले ३ हजार ३ सय ३, संघीय फोरमले १ हजार ३ सय ८७ र नयाँ शक्तिले १ हजार १ सय ६३ मत प्राप्त गरेका छन्। समानुपातिकको प्रतिनिधिसभा तर्फ ७ हजार २ सय ६१ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए।
प्रदेशसभा तर्फ पनि नेकपा एमाले नै पहिलो भयो । एमालेले ७७ हजार ४ सय ८७ मत पाउँदा काँग्रेसले ५८ हजार १ सय ७२ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा एमाले र कांग्रेसको मतान्तर कम छ। प्रदेशसभामा १९ हजार ३ सय १५ बढी मतले एमाले अगाडि छ। प्रदेशसभामा पनि प्रतिनिधीसभा जस्तै माओवादी केन्द्र तेस्रो भयो। माओवादीले १६ हजार ५ सय ४५ मत ल्याएको छ ।
यो मत प्रतिनिधिसभाको भन्दा २ हजार ६ सय ६४ मत बढी पाएको हो। विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४, राप्रपाले ३ हजार ६ सय १०, संघीय समाजवादी फोरमले १ हजार ८ सय ५१ र नयाँ शक्ति नेपालले १ हजार ५ सय ३६ मत पाए।
प्रदेशसभामा ७ हजार २ सय ७१ मत बदर भएको सुबेदीले जानकारी दिए। यो मत ठूला ३ दल बाहेक अरु दलले ल्याएका मत भन्दा बढी हो ।
प्रतिनिधिसभामा लिवरल डेमोक्रेटिक पार्टीले कास्कीबाट कुनै पनि मत पाएन। १७ वटा पार्टीले १० भोट पनि कटाएनन्। नेपाल सुकुम्वासी पार्टी, देशभक्त समाज र नेपाल संघीय समाजवादी पार्टीले १/१ भोट ल्याए। देशभक्त लोकतान्त्रिक पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल समाबेशी पार्टी र नेपाल दर्शनले २/२ भोट पाए ।
जनप्रजातान्त्रिक पार्टी ३, नेकपा माक्र्सवादी र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ४/४, नेपाः राष्ट्रिय पार्टी ५, नेपाल जनवादी पार्टी ६, राष्ट्रिय समाजवादी पार्टी ७, नेपाल युवा किसान पार्टी र युवा नेपाल पार्टी ८/८, हाम्रो पार्टी ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १० मत ल्याएका छन्।
अरु दलले १० भोट कटाएका छन् । जिल्लाभर समानुपातिकमा ४९ दल थिए भने प्रदेशमा २० दल सहभागी थिए । २ लाख ५५ हजार ४ सय ५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधीसभामा दुवैमा समान १ लाख ८० हजार ५ सय ७३ मत खसेको थियो ।
दल
|
प्रतिनिधिसभा १
|
प्रतिनिधिसभा २
|
प्रतिनिधिसभा ३
|
नेकपा एमाले
|
३१४४९
|
२२९६९
|
२८२४०
|
नेपाली कांग्रेस
|
२३६४८
|
१६०६४
|
२१०७७
|
माओवादी केन्द्र
|
५६५६
|
३४७९
|
४७४६
|
साझा विबेकसिल
|
२०६२
|
२७६८
|
२४९७
|
राप्रपा
|
१२९४
|
१०७१
|
९३८
|
नयाँशक्ति
|
२९१
|
३७४
|
४९८
|
संघिय समाजवादी
|
७०९
|
३७४
|
३०४
|