नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको चाहना अनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विजयी भइरहेको दाबी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रूपमा विजयी भइरहेको प्रतिक्रिया दिएका हुन्।
मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विजय र्यालीमा संचारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले मुलुकको समृद्धिका लागि वाम गठबन्धनलाई मतदान गरेको पनि स्मरण गराए।
महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका जनताको चाहनालाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे।