दाङमा साढे २५ हजार बढी मत बदर भएको छ। मंसिर २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गरि कुल साढे २५ हजार बढी मत बदर भएको जिल्ला निर्वाचन अधिकृत विजय कार्कीले सेतोपाटीलाई बताए।
प्रतिनिधिसभाको चुनावमा खसे को दुई लाख २९ हजार दुई सय ८७ मतमध्ये दुई लाख १५ हजार पाँच सय ७५ मत सदर भए पनि र १३ हजार सात सय १६ मत बदर भएको कार्कीले बताए। प्रतिनिधिसभा तर्फ कुल खसे को मतको ५.९८ प्रतिशत बदर मत रहेको उनले जानकारी दिए ।
त्यस्तै प्रदे शसभा तर्फ २ लाख २९ हजार दुई सय ८० मत खसे को मा दुई लाख १७ हजार ३ सय ११ मत सदर र ११ हजार नौ सय ६९ मत बदर भएको जिल्ला अधिकृत कार्कीले बताए । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा गरि कुल बदर मतको संख्या २५ हजार छ सय ८५ रहेको कार्कीले जानकारी दिए ।
प्रदेशसभा तर्फ बदर मतको प्रतिशत ५.२२ रहेको कार्कीले बताए। प्रतिनिधिसभा दाङ क्षे त्र नं. १ मा ७४ हजार पाँच सय ८४ मत खसे को मा ६.७१ प्रतिशत मत बदर भएको पाइएको छ। यस क्षे त्रमा ६९ हजार ५ सय ८० मत सदर र पाँच हजार चार मत बदर भएको छ। त्यस्तै क्षे त्र नं. २ मा ७३ हजार ७ सय ६९ मत खसे को मा ५.८० मत बदर भएको छ। यो क्षे त्रमा ६९ हजार चार सय ८५ मत सदर र ४ हजार दुई सय ८४ मत बदर भएको छ।
त्यस्तै निर्वाचन क्षे त्र नं. ३ मा ८० हजार नौ सय ३४ मत खसेको मध्य ५.४७ प्रतिशत मत बदर भएको छ। यस क्षे त्रमा ७६ हजार पाँच सय छ मत सदर र चार हजार चार सय २८ मत बदर रहेको कार्कीले जानकारी दिए।
प्रदे ससभा तर्फ निर्वाचन क्षे त्र नं. १ को १ तर्फ ३८ हजार पाँच सय १२ मत खसे को मा ३५ हजार आठ सय १७ सदर र दुई हजार ६ सय ९५ मत बदर भएको छ। निर्वाचन क्षे त्र नं. १ को २ तर्फ ३६ हजार ९५ मत खसेकोमा ३४ हजार दुई सय ९४ सदर र एक हजार आठ सय एक मत बदर भएको छ।
त्यसै गरी निर्वाचन क्षे त्र नं. २ को १ तर्फ ३५ हजार तीन सय पाँच मत खसेकोमा ३३ हजार पाँच सय ७३ सदर र एक हजार सात सय ३२ मत बदर भएको पाइएको छ। २ को २ तर्फ ३८ हजार पाँच सय ३१ मत खसेकोमा ३६ हजार चार सय ९६ सदर र दुई हजार ३५ मत बदर भएको छ। निर्वाचन क्षे त्र नं. ३ को १ मा ३६ हजार एक सय ८६ मत खसेकोमा ३४ हजार चार सय ८२ मत सदर र एक हजार सात सय चार मत बदर भएको पाइएको छ।
त्यसैगरी ३ को २ तर्फ ४४ हजार छ सय ५१ मत खसे को मा ४२ हजार छ सय ४९ मत सदर र दुई हजार दुई मत बदर भएको जानकारी दिइएको छ।
बदर भएको मतपत्र हे र्दा ७५ प्रतिशत मत एक भन्दा धे रै चुनाव चिन्हमा संके त गरिएको अवस्थामा फेला परेको निर्वाचन अधिकृत कार्कीले बताए। मतदाता शिक्षा सामाग्री ढिला गरि आउनु, मतदाता शिक्षाको लागि समय कम हुनु, खेतिपाती स्याहार्ने समय हुनु, मतदाता शिक्षा दिने व्यक्तिहरुले राम्रो भूमिका निर्वाह नगर्नु जस्ता कारणहरुले बदर मतको संख्या धेरै भएको अनुमान कार्कीले लगाए ।
मतपत्रमा औंठाछाप लगाएको, एउटै मतपत्रमा धेरै मत संकेत गरेको, फरक फरक मतपेटीमा मतपत्र खसाएको वा कतिले नो भोट समेत लेखेको पाइएको जिल्ला निर्वाचन अधिकृत कार्कीले बताए । दाङमा कुल मतदाता ३ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका थिए ।