कास्कीमा सोमबारदेखि गणना सुरु भएको समानुपातिक तर्फको क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सम्पन्न भएको छ। मतपरिणाममा एमाले नै अगाडि देखिएको छ । क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय ६ मत खसेको थियो।
त्यसमध्ये सबैभन्दा धेरै एमालेको मत छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। चौंथोमा विवेकशील साझा पार्टी देखिएको छ। अघिल्लो चुनावमा समानुपातिक मत निकै राम्रो पाएको राप्रपाको यो चुनावमा पाचौं स्थानमा छ।
एमालेले २२ हजार ९ सय ६९ मत प्रतिनिधिसभाका लागि पाएको छ । कांग्रेसले १६ हजार ६४ मत पायो। तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ हजार ४ सय ७९ मत पाएको छ । यसपटकको चुनावमा कास्कीबाट विवेकशील साझा पार्टीलाई राम्रै मत परेको छ। विवेकशीलले २ हजार ६ सय ६८ मत पायो। राप्रपाको १ हजार ७१ मत रहेको छ।
प्रदेशसभामा पनि एमाले अगाडि छ । उसैगरी कांग्रेस दोस्रो, माओवादी तेस्रो र विवेकशील साझा पार्टी चौंथो स्थानमा छ। प्रदेशसभामा एमालेले २१ हजार ७ सय ९७ मत ल्याएको छ । कांग्रेसले १५ हजार ६ सय ६० मत पाउँदा माओवादी केन्द्रले ४ हजार ५७ मत ल्यायो।
विवेकशील साझा पार्टीले २ हजार १ सय ६१ र राप्रपाले १ हजार २ सय २० मत पाएका छन्। नेपाली कांग्रेस, एमाले र विवेकशील साझाले प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा कम मत ल्याएका छन्।
दल |
प्रतिनिधिसभा |
प्रदेशसभा १ |
प्रदेशसभा २ |
नेकपा एमाले |
२२९६९ |
१२४६९ |
९३२८ |
नेपाली कांग्रेस |
१६०६४ |
७२२७ |
८४३३ |
माओवादी केन्द्र |
३४७९ |
२१५० |
१९०७ |
विबेकशील-साझा |
२७६८ |
११३८ |
१०२३ |
राप्रपा |
१०७१ |
५५५ |
६६५ |
नयाँशक्ति |
३७४ |
४२२ |
११० |
संघीय समाजवादी फोरम |
३७४ |
२६५ |
२१७ |