प्रतिनिधि सभातर्फ अब ५ स्थानको मात्र मत परिणाम अाउन बाँकी छ।
प्रतिनिधि सभातर्फ स्याङ्जा १ मा हालसम्म एमालेका नारायण प्रसाद पराजुलीले अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार उनले २१००४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राजु थापाले १६०७४ मत पाएका छन्।
त्यसैगरी स्याङ्जा २ मा पनि एमालेकी उम्मेदवारले नै अग्रस्थान कायम गर्न सफल भएकी छन् । एमालेकी पद्मा कुमारी अर्यालले १९१०८ मत पाएकी छन् भने कांग्रेसका गोपालमान श्रेष्ठले १६०७४ मत प्राप्त गरेका छन्।
सुनसरी ३ मा एमालेकी भगवती चौधरीले मत गणना सुरू भएदेखि नै अग्रता कायम गरिरहेकी छिन्। पछिल्लो मत परिणाम अनुसार उनले २९३२६ मत ल्याएकी छन् भने कांग्रेसका विजयकुमार गच्छदारले २९१७१ मत ल्याएका छन्।
कैलाली २ मा एमालेका झपटबहादुर रावलले १३२८६ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका मोहन सिंहले १११८८ मत ल्याई उनलाई पछ्याइरहेका छन्।
सर्लाही ४ मा राजपाका राकेश कुमार मिश्रले १६३१८ मत ल्याएर अग्रस्थान हासिल गरिरहेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका अमरेश कुमार सिंहले १५९३६ मत ल्याएका छन्।