प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रदेश नं २ को मतगणना हुँदा प्रतिनिधिसभातर्फ अहिलेसम्म १२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।
प्रदेश नं २ मा जम्मा ८ वटा जिल्ला छन् जसमा ३२ वटा निर्वाचन क्षेत्र छ।
अहिलेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीले ५ ठाउँमा विजय हासिल गरेको छ भने ४ ठाउँमा अग्रता लिएको छ।
यसैगरि संघिय समाजवादी फोरम नेपालले अहिलेसम्म ३ ठाउँमा जित हासिल गर्दै ६ ठाउँमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले रौतहट-क्षेत्र नं. २ र ४ बाट गरि २ ठाउँमा, माअोवादी केन्द्र र नेकपा एमालेले अहिलेसम्म १/१ स्थानमा जित हासिल गरेको छ।
माओवादी केन्द्रका प्रभु साहले रौतहढ क्षेत्र नं ३ बाट जितेका छन् भने सिराहा क्षेत्र नं ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठले जित हात पारेका छन्।
रौतह६ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाल र २ बाट
मोहम्मद आफताब आलमले जितेका छन्।
माओवादी केन्द्रले महोत्तरी १, सिराहा क्षेत्र नं २, सर्लाही क्षेत्र नं ३, महोत्तरी क्षेत्र नं १, धनुषा क्षेत्र नं १ गरि ५ ठाउँमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले पर्सा क्षेत्र नं २ र ३, बारा क्षेत्र नं १, सप्तरी क्षेत्र नं ४, सिराहा क्षेत्र नं १ गरि ५ ठाउँमा अग्रता लिइरहेको छ।
एक ठाउँमा जित हाँसिल गरेको नेकपा एमालेले अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन।
सिराहा क्षेत्र नं १ मा भने नेपाली कांग्रेसका उम्मेदवार प्रदिप गिरी (१६१३८)लाई नेकपा एमालेका गंगाप्रशाद यादवले १३८३१ मत ल्याउँदै पछ्याएका छन्।
१२ जना जित्ने उम्मेदवारको सूची हेर्नुस्।
१.रामसहायप्रसाद यादव
संघीय समाजवादी फोरम, नेपाल
बारा-क्षेत्र नं. २
२८१८५ मत प्राप्त गरी बिजयी
२.एकवाल मियाँ
राष्ट्रिय जनता पार्टी नेपाल
बारा- क्षेत्र नं ४
२२२७५ मत प्राप्त गरी बिजयी
३.राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टी नेपाल
धनुषा-क्षेत्र नं. ३
३०७४२ मत प्राप्त गरी बिजयी
४.महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी नेपाल
महोत्तरी-क्षेत्र नं. ३
२७००५ मत प्राप्त गरी बिजयी
५.अनिलकुमार झा
राष्ट्रिय जनता पार्टी नेपाल
रौतहट-क्षेत्र नं. १
२१०८५ मत प्राप्त गरी बिजयी
६.मोहम्मद आफताब आलम
नेपाली काँग्रेस
रौतहट-क्षेत्र नं. २
१८८३३ मत प्राप्त गरी बिजयी
७.डा.सुर्य नारायण यादव
संघीय समाजवादी फोरम, नेपाल
सप्तरी-क्षेत्र नं. १
२१७१२ मत प्राप्त गरी बिजयी
८.प्रभु साह
नेकपा (माओवादी केन्द्र)
रौतहट-क्षेत्र नं. ३
२७७९९ मत प्राप्त गरी बिजयी
९.धन लाल ठोकर
नेपाली काँग्रेस
रौतहट-क्षेत्र नं. ४
१३६१० मत प्राप्त गरी बिजयी
१०.उपेन्द्र यादव
संघीय समाजवादी फोरम, नेपाल
सप्तरी-क्षेत्र नं. २
२१६२० मत प्राप्त गरी बिजयी
११.चन्द्रकान्त चौधरी
राष्ट्रिय जनता पार्टी नेपाल
सप्तरी-क्षेत्र नं. ३
२२८५४ मत प्राप्त गरी बिजयी
१२.लिलानाथ श्रेष्ठ
नेकपा (एमाले)
सिरहा-क्षेत्र नं. ३
२३२७२ मत प्राप्त गरी बिजयी