मंसिर १० गते र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
प्रदेश नं १ मा रहेका १४ वटा जिल्लामा जम्मा २८ वटा क्षेत्र रहेका छन्। प्रतिनिधि सभातर्फको अहिलेसम्म २० ठाउँको नतिजा सार्वजनिक भएको छ।
प्रतिनिधि सभातर्फको ताजा मत मतपरिणाम अनुसार १२ ठाउँमा नेकपा एमालेले जित हासिँल गरेको छ। यसैगरि माओवादी केन्द्रले ६ ठाउँ, नेपाली कांग्रेस र राप्रपाले १/१ स्थानमा जित हासिल गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी अोली झापा क्षेत्र नं ५ बाट ५७१३४ मत ल्याउँदै विजयी भएका छन्। उनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बरभन्दा बढी मतले जितेका हुन्। अधिकारीले २८२९७ मत ल्याएका थिए।
कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनसंग पराजित भएका छन्। यसैगरि माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले नेपाली काँग्रेसका विश्वप्रकाश शर्मालाई हराउँदै जित हासिल गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले मोरङ(क्षेत्र नं. ४) मा नेपाली काँग्रेसका महेश आचार्यलाई हराउँदै जित हात पारेका छन्।
यसैगरि नेकपा (एमाले)का लालबाबु पंण्डितले मोरङ(क्षेत्र नं. ६) मा नेपाली काँग्रेसका डा. शेखर कोइरालालाई ६७५ मतले पराजित गर्दै जितेका छन्।
नेपाली काँग्रेसका रामहरि खतिवडा ओखलढुङ्गा(क्षेत्र नं. १) मा नेकपा (एमाले) यज्ञराज सुनुवारसँग पराजित भएका छन्। उनलाई यज्ञराजले ५ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।
प्रदेश नं १ मा रहेका चर्चित शिर्ष नेतामा ताप्लेजुङ(क्षेत्र नं. १) मा नेकपा (एमाले)का योगेशकुमार भट्टराई, एमालेकै सुवासचन्द्र नेम्वाङ्ग इलाम(क्षेत्र नं. २) बाट र मोरङ-क्षेत्र नं. ३ बाट नेकपा (एमाले)भानुभक्त ढकालले जितेका छन्।
नेपाली काँग्रेसका मिनेन्द्रप्रसाद रिजाल मोरङ(क्षेत्र नं २), झापा-क्षेत्र नं. १ बाट नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार कार्की र इलाम(क्षेत्र नं. १) बाट नेकपा (एमाले) का झलनाथ खनाल विजयी भएका छन्।
सुनसरि जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमध्ये सुनसरी(क्षेत्र नं.४) मा नेपाली काँग्रेस ज्ञानेन्द्रबहादुर कार्की २५०१३ मत सहित अग्रता लिँदै छन्। उनका प्रतिद्वन्दी नेकपा (एमाले) का रमेश श्रेष्ठ १९२९७ मत सहित कार्कीलाई पछ्याउँदै छन्।
सुनसरीकै क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने क्षेत्र नं १ र ३ मा नेकपा एमालेले अग्रता लिएको छ।
तेह्रथुम(क्षेत्र नं. १) मा नेकपा (एमाले)का भवानीप्रसाद खापुङले १७१५९ मत सहित अग्रता लिएका छन्। उनलाई नेपाली काँग्रेसकी सिता गुरुङ्ग १४६१५ मत सहित पच्छ्याउँदै छन्।
उदयपुरको दुई निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) उदयपुर-क्षेत्र नं. २ सुरेशकुमार राई बिजयी भएका छन्। क्षेत्र नं १ मा नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले अग्रता लिएका छन्।
यस्तो छ प्रदेश नं १ मा प्रतिनिधि सभातर्फका जितेका उम्मेदवारको सूची।
१. केपी अोली- नेकपा (एमाले)
२.योगेशकुमार भट्टराई- नेकपा (एमाले)
३.राजेन्द्रप्रसाद गौतम- नेकपा (एमाले)
४.वसन्तकुमार नेम्वाङ्ग- नेकपा (एमाले)
५.यज्ञराज सुनुवार- नेकपा (एमाले)
६.लालबाबु पंण्डित-नेकपा (एमाले)
७.भानुभक्त ढकाल-नेकपा (एमाले)
८.घनश्याम खतीवडा-नेकपा (एमाले)
९. विशाल भट्टराई-नेकपा (एमाले)
१०. सुवासचन्द्र नेम्वाङ्ग-नेकपा (एमाले)
११.झलनाथ खनाल- नेकपा (एमाले)
१२. राजेन्द्रकुमार राई-नेकपा (एमाले)
१३.सुदन किराती-(माओवादी केन्द्र)
१४.सुरेन्द्रकुमार कार्की-(माओवादी केन्द्र)
१५.अमनलाल मोदी-(माओवादी केन्द्र)
१६.शिवकुमार मंडल -(माओवादी केन्द्र)
१७.हेमकुमार राई- (माओवादी केन्द्र)
१८.मिनेन्द्रप्रसाद रिजाल-(नेपाली काँग्रेस)
१९.राजेन्द्रप्रसाद लिङ्देन-(राष्ट्रिय प्रजातन्त्र पार्टी)
२०.सुरेशकुमार राई - (माअोवादी केन्द्र)