रोल्पामा नेकपा माओवादी केन्द्रले सबै क्षेत्रमा जित हात पारेको छ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन प्रतिनिधिसभामा ४० हजार ६ सय ४७ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी कांग्रेसका अमरसिंह पुनले जम्मा १९ हजार ९ सय ६ मत पाएका थिए। वर्षमानले अमरसिंहभन्दा २० हजार ७ सय ४१ मत बढी पाएका हुन्।
त्यसैगरी प्रदेशसभा १ मा माओवादी कै कुलप्रसाद केसी १८ हजार ५ सय १२ मत र प्रदेशसभा २ मा पनि माओवादी कै दीपेन्द्रकुमार पुन २४ हजार ४ सय ९० मत प्राप्त गरि विजयी भएका छन्। आफूहरुको आधार क्षेत्र भन्दै रोल्पामा माओवादीले एकलौटी उम्मेदवारी दिएको थियो।
त्यस्तै प्रदेशसभा २ मा माओवादी केन्द्रकै दिपेन्द्रकुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्रप्रकाश हमालले ९ हजार ९ सय ६९ मत पाएको रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले सेतोपाटीलाई जानकरी दिए।