पाँचथरका दुबै प्रदेश सभा वाम गठबन्धनले अग्रता लिएका छन्।
पाँचथरमा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धन विजयी भइसकेको छ। प्रदेश सभा सदस्यतर्फ पाँचथर क्षेत्र नं. १ मा गठबन्धनका गणेशकुमार काम्बाङले १६८१ मतका साथ अग्रता लिएका छन्। काम्बाङले ४९५२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका नरेन्द्रकुमार केरुङे ३२७१ मत प्राप्त गरेका छन्।
यस्तै क्षेत्र नं. २ मा वाम गठबन्धनका इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले ११३८ मतका साथ अग्रता लिएका छन्। आङ्बोले ४४४५ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रकुमार दाहालले ३३०७ मत प्राप्त गरेका छन्।