पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा वाम गठबन्धनका वसन्तकुमार नेम्वाङ विजयी भएका छन्। शनिबार बिहान १० बजे घोषित मतपरिणामअनुसार नेम्वाङले लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेलाई १०६१६ मतले पछि पारेका छन्।
नेम्वाङले ३८६४२ मत प्राप्त गरेभने आङ्देम्बेले २८०२५ मत प्राप्त गरे।
जिल्ला समन्वय समिति तथा जिल्ला प्रहरी कार्यालय अघि वम गठबन्धनका कार्यकर्ता तथा समर्थकहरुको भीड लाग्दै गएको छ र नेम्वाङलाई बधाई तथा शुभकामना प्रदान गर्न नेता, कार्यकर्ता, शुभेच्छुक र व्यवसायी हातमा खादा, माला र अविर लिएर बसेका छन्।