निर्वाचन क्षेत्र नं. १ दाङको निर्वाचन क्षेत्र नं. १ मा बाम गठवन्धनकै उम्मेदवारको अग्रता कायमै छ । यो खबर तयार पार्दासम्म नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार मेटमणि चौधरीलाई २३०० मत प्राप्त हुँदा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १६६९ मत प्राप्त भएको छ। मेटमणि र सुशीलाको बीचको अन्तर ६३१ को रहेको छ ।
प्रदेशसभा १ मा इन्द्रजीतको अग्रता कायमै त्यसैगरी दाङको क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य पदमा पनि वाम गठवन्धनकै अग्रता कायमै छ। माओवादी केन्द्रका उम्मेदवार ईन्द्रजीत थारुलाई १५७८ मत प्राप्त हुँदा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार प्रदिप थापालाई १००४ मत प्राप्त भएको थियो । चौधरी र थापा बीचको मतान्तर ५७४ रहेको छ ।
प्रदेशसभा २ मा रेवतिरमण शर्माको अग्रता दाङको निर्वाचन क्षेत्र नं. १ को २ मा पनि बामगठवन्धनकै अग्रता कायमै छ। यहाँ एमालेका नेता रेवतिरमण शर्मालाई २४८४ मत प्राप्त हुँदा नेपाली काँग्रेसका जानकिलाल बस्नेतलाई २३६७ मत प्राप्त भएको छ । शर्मा र बस्नेत बीचको मत अन्तर ११७ मात्रै रहेको छ ।
निर्वाचन क्षेत्र नं. २ १४७९८ मत गणना हुँदा महरा २५४३ मतले अगाडि दाङको निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महराको अग्रता कायमै छ । १४७९८मत गणाना हुँदा माओवादी केन्द्रका नेता महरालाई ७९६१ मत प्राप्त भएको छ भने काँग्रेस नेता एवं पूर्व सांसद राजु खनाललाई ५४१८ मत प्राप्त भएको छ । त्यस्तै प्रदेशसभा १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेललाई ७२१२ मत प्राप्त हुँदा उनका प्रतिपर्धी नेपाली काँग्रेसका नेता कमल किशोर घिमिरेलाई ३९१२ मत प्राप्त भएको छ। पोख्रेल र घिमिरे बीचको मतान्तर ३३०० रहेको छ।
त्यसैगरी प्रदेशसभा २ मा पनि वाम गठवन्धनकै उम्मेदवारको अग्रता कायमै रहेको छ । नेकपा एमालेका अम्मरबहादुर डाँगीले ६०८५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर न्यौपानेलाई ३९३४ मत प्राप्त भएको छ । डाँगी र न्यौपाने बीचको मतान्तर २१५१ रहेको छ ।
निर्वाचन क्षेत्र नं. ३ ९०२२ मत गन्दा हिराचन्द्र केसी ९७४ मतले अगाडि
दाङको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा वाम गठवन्धनका उम्मेदवारको अग्रता कायमै छ । ९०२२ मत गणना गर्दा नेकपा एमालेका नेता हिराचन्द्र केसीलाई ५०१७ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई ४०४३ मत मात्रै प्राप्त भएको छ । यो खबर तयार पार्दा केसी र गिरी बीचको मतान्तर ९७४ रहेको छ ।
काँग्रेसबाट दाङमा डिल्लीबहादुर चौधरीको मात्रै अग्रता दाङका तीन वटा निर्वाचन क्षेत्र मध्य ३ (१)मा नेपाली काँग्रेसका प्रेदशसभा सदस्यका उम्मेदवार एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले मात्रै अग्रता लिएका छन् । ६७४८ मत गणना हुँदा सम्म राज्य मन्त्री चौधरीले २९८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका नेता जगप्रशाद शर्मा (अपार)ले २९४२ मत प्राप्त गरेका छन् । राज्य मन्त्री चौधरी पछिल्लो परिनाम अनुसार ४१ मतले अगाडि छन् ।
३ (ख)मा उत्तरको अग्रता कायमै निर्वाचन क्षेत्र नं. ३ (ख)मा नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार उत्तरकुमार वलीको अग्रता कायमै छ । उत्तरकुमार वलीले ३७७३ प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई २८२९ मत प्राप्त भएको छ । यो खवर तयार पार्दै गर्दा वली र भण्डारी बीचको मतान्तर ९४४ रहेको थियो।