झापा निर्वाचन क्षेत्र नम्बर १ र ३ मा बाम गठवन्धनका उम्मेद्धारले अग्रता लिएका छन्। पहिलो पटक सार्वजनिक गरिएको मत परिणाम अनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता विश्व प्रकाश शर्मालाई बाम गठवन्धनमा उम्मेद्धार शुरेन्द्र कुमार कार्कीले १२३ मतले उछिनेका छन्। कार्कीले ५५० मत पाएका छन भने शर्माले ४२७ मत पाएको जिल्ला निर्वाचन कार्यलय झापाले जनाएको छ।
यता नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पनि बाम गठवन्धनका उम्मेद्धार राजेन्द्र लिङदेनले अग्रता लिएका छन । उनले ३३४ मतको फरकले सिटौलालाई उछिनेका हुन । लिङदेनले ६५७ र सिटौलाले ३२३ मत पाएका छन ।