प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका उम्मेद्वार वसन्तकुमार नेम्वाङले आफ्नो अग्रता अझै बढाएका छन् । २४०९४ मत गणना हुँदा नेम्वाङले ११५९२ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले ८८८६ मत प्राप्त गरेका छन् ।
यसअघि प्रकाशित नतिजामा २४३१ मतले अघि रहेका नेम्वाङले पछिल्लो परिणामबाट २७०६ मतका साथ अग्रता गरिरहेका छन् । नेम्वाङको अग्रता क्रमश बढ्दो छ । पाँचथरमा ७७ हजार ६८२ मत खसेको थियो ।
पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरमका प्रेमराज लावतीले ४४४ मत, संघीय लिम्बुवान मञ्चका सागर केरुङले ४९१ , मालेका दीनानाथ घिमिरेले ३९९ मत प्राप्त गरेका छन् ।
पाँचथरमा बदर मत बढी
पाँचथरमा दलहरुको अनुमान भन्दा बढी मत बदर भएको छ । पाँचथरमा खसेको कुल मतको २४०९४ मत गणना हुँदा १९३१ मत बदर भएको छ । पाँचथरमा ७७ हजार ६८२ मत खसेको थियो ।
सानो मतपत्र तथा चुनाव चिन्हहरु ठूला हुँदा समेत ठूलो संख्यामा मत बदर भएको हो । यसले निर्वाचन परिणाममै असर गर्नसक्ने वताइन्छ ।
प्रदेश सभातर्फ झिनो मतान्तरको प्रतिस्पर्धा हुने हुँदा बदर मतले हाररजित निर्धारण गर्नसक्ने सम्भावना छ ।