म्याग्दीको प्रदेश सभा २ मा एमालेको जित म्याग्दीको प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार नरदेवी पुनमगरले जित हात पारेकी छन्।
कांग्रेस उम्मेदवार अमलाल फगामी पुनलाई ३ हजार मतले पछि पार्दै उनी विजयी भएकी हुन्।
एमालेकी मगरले १० हजार ८ सय ६८ मत ल्याएकी छन् भने कांग्रेसका पुनले ७ हजार ९ सय ९० मत ल्याएका छन्।
प्रदेश नम्बर १ को मतपरिणाम २ बजेसम्म सकिने म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सेतोपाटीलाई जानकारी दिए। प्रदेश नम्बर १ मा वाम गठबन्धनबाट माओवादी र लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिस्पर्धामा छन्।
पछिल्लो मतपरिणाम अनुसार यहाँ माओवादीका उम्मेदवारले ९ हजार ९ सय ६३ ल्याएका छन् भने राप्रमा उम्मेदवारले ९ हजार ५ सय ४७ मत ल्याएका छन्।
प्रतिनिधिसभामा पनि यहाँ एमाले उम्मेदवारले नै अग्रता दिइरहेका छन्। एमालेका भूपेन्द्र थापाले १५ हजार ९ सय ८० मतका साथ अग्रस्थानमा छन्। त्यस्तै कांग्रेसका खम्भीर गर्बुजाको मत भने १४ हजार ८३ मत छ।