दाङको निर्वाचन क्षेत्र नं. २ मा ३ हजार मत गणना गर्दा माओवादीका नेता कृष्णबहादुर महरालाई १ हजार ६ सय मत प्राप्त भएको छ। प्रारम्भिक परिणाम अनुसार महराका प्रतिपर्धी नेपाली कांग्रेस नेता उम्मेदवार राजु खनाललाई १ हजार ६३ मत प्राप्त भएको छ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महरा विना विभागिय मन्त्री तथा पूर्वउपप्रधान मन्त्री हुन् भने खनाल पूर्व सांसद हुन्।
त्यसैगरी प्रारम्भिक मत परिणाम अनुसार ३ हजार मत गन्दा निर्वाचन क्षेत्र नं. २ मा नेकपा मालेलाई हालसम्म ९१ मत, नयाँ शक्तिलाई २० मत, जनमोर्चालाई १२ मत र राष्ट्रिय जनमुक्ति पार्टीलाई ६ मत मात्रै प्राप्त भएको छ।
निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक परिणाम भने अझैं आएको छैन।
निर्वाचन क्षेत्र नं. ३ को मतगणना सवा ११ बजेपछि सुरु भएको छ । साना दलका एजेण्टहरु समयमा नआउँदा ३ को मतगणना ढिलाई भएको हो ।
तस्विरःनारायण